उपनिर्वाचनकाे नतिजा लज्जास्पद आएपछि समीक्षा गर्न रास्वपाले बाेलायाे केन्द्रीय समिति बैठक-Sutra News

उपनिर्वाचनकाे नतिजा लज्जास्पद आएपछि समीक्षा गर्न रास्वपाले बाेलायाे केन्द्रीय समिति बैठक

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएअनुसार आगामी वैशाख २९ गतेका लागि बैठक बाेलाएकाे हाे ।



महामन्त्री ढकालका अनुसार उपनिर्वाचन र पछिल्लाे राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुनेछ । उनका अनुसार केन्द्रीय समिति बैठककाे कार्यसूची तय गर्न शुक्रबार पार्टी पदाधिकारी बैठक बाेलाइएकाे छ ।

सँगै, आगामी साेमबार संसदीय दलकाे बैठक बाेलाइएकाे उनले बताए ।

इलाम–२ मा भएकाे उपनिर्वाचनमा जमानतसमेत जाेगाउन नसकेपछि रास्वपाभित्र ठूलाे हलचली मच्चिएकाे छ । कतिपय नेताहरूले प्रारम्भिकरूपमै नतिजालाइ लिए पार्टी सभापति रवि लामिछानेलक्षित आराेप लगाएका छन् । विशेषतः सभापति लामिछाने मुछिएकाे सहकारी प्रकरणकाे प्रभाव नतिजामा परेकाे नेताहरूकाे प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट