नेपाललाई वेष्ट इण्डिजले दियो विशाल रनको लक्ष्य-Sutra News

नेपाललाई वेष्ट इण्डिजले दियो विशाल रनको लक्ष्य

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । वेष्ट इण्डिजका ओपनर जोनसन चार्ल्सको शतकले तेस्रो टी २० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको विशाल लक्ष्य पेश भएको छ ।



त्रिवि क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा तीन विकेट गुमाउँदै २२७ रन बनाएको हो ।

जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्काको मद्दतमा ११९ रनमा नट आउट रहे । अर्का ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भए ।

यस्तै, आन्द्रे फ्लेचर ३३ बलमा चार चौका र तीन छक्कासहित ५३ रनमा आउट भए । फबिएन एलेन ९ बलमा दुई चौका र एक छक्कासहित १९ रनमा आउट भए । किमो पल १३ रनमा नट आउट रहे ।

स्पिनर सागर ढकालले चार ओभरमा ४१ रन खर्चेर एक विकेट लिए । करण केसीले चार ओभरमा ५४ रन खर्चेर एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट