यस्तो छ उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर-Sutra News

यस्तो छ उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं ।  फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच  सार्वजनिक गरिएको ट्रेलर एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरुको नोकझोक र प्रेमलाई देखाएको छ ।



सोसल-ड्रामा रहेको फिल्मको ४ मिनेट बढि लामो ट्रेलरमा दुई अलग समुदायका पात्रको कथालाई पेश गरेको छ । जसमा, विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबीचको नोकझोंक र आकर्षणमा ट्रेलर केन्द्रित छ । बाहुन बाजे बनेका प्रवीण खतिवडाको लिम्बुनी मिरुना मगरसँगको निकटतालाई व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नीसँगको अमिलो सम्बन्ध पनि पेस गरिएको छ।

फिल्ममा एकातिर दयाहाङ र मिरुनाको सम्बन्धको पाटोलाई प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रवीणसँग उनको सम्बन्धलाई दर्शाइएको छ । जहाँ दयाहाङ र  मिरुना श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझाउँछ । फिल्मको ट्रेलर प्रवीण र मिरुना केन्द्रीय कथावस्तु बनाएर वरपर घुमेको छ ।

कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्ने फिल्म आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट