‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक-Sutra News

‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । आगामी जेठ १० गतेबाट प्रदर्शनमा फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।



सार्वजनिक गीतमा गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ। पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली त्यसै गरी मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ।

दिनेश राउतले निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह अञ्जना बराइली र परीक्षा लिम्बु प्रमुख भूमिकामा रहेका छन् । यस्तै फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

सार्वजनिक यो गीतले पुजारको चरित्र निभाएका आर्यन र अञ्जना त्यसै गरी मैतबहादुरको चरित्रमा रहेका प्रदीप र परीक्षाको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ। जसमा, आर्यन र अन्जना, प्रदीप र परिक्षाबिचको प्रेम सम्बन्धलाई स्थापित गर्न खोजेको छ । साथमा, गीतको अन्तिममा  समावेश पल र प्रदिपबीचको संवादले पनि केही अर्थ बोकेको बुझ्न सकिन्छ । फिल्मको यसअघि ‘दर्शन गरेँ’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। निर्माता भुसालले नै यस फिल्मको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट