साउदी अरेबियाविरुद्ध नेपाल हाबी, नेपाललाई चौथो सफलता-Sutra News

साउदी अरेबियाविरुद्ध नेपाल हाबी, नेपाललाई चौथो सफलता

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । साउदी अरेबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । बलर करण केसीले दुई विकेट लिँदा ललितराज राजवंशीले एक विकेट लिएका हुन् ।



केसीले पहिलो ओभरमा १ विकेट झारेका उनले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा साउदीका मानन अलिलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए ।

यसअघि उनकै बलमा साउदीका फैजल खान कुशल मल्लको हातबाट क्याचआउट भएका थिए । यस्तै, राजवंशीले वाजी यी हसनलाई आउट गराएका हुन् । यस्तै, प्रतिश जिसीले एक विकेट लिए ।

नेपालले साउदी अरेबियाविरुद्ध समूह चरणको अन्तिम खेल खेलिरहेको छ । चिसो मैदानका कारण ८ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट