कर्णालीमा माओवादीबाट तीन जना मन्त्री नियुक्त-Sutra News

कर्णालीमा माओवादीबाट तीन जना मन्त्री नियुक्त

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्रीले कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही मन्त्री बनाएका हुन् ।



तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले यसअघि मुख्यमन्त्रीसमक्ष पेश गरेका थिए । नयाँ मन्त्रीले मंगलबार दिउँसो साढे २ बजे सपथ लिने भएका छन् ।

यस्तै, माओवादीबाटै यसअघि एक जना मन्त्री बनिसकेका छन् । उनलाई पनि मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट