नक्कली नेपाली नोट ल्याएका भारतीय युवासहित दुई जना पक्राउ-Sutra News

नक्कली नेपाली नोट ल्याएका भारतीय युवासहित दुई जना पक्राउ

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । पर्साको विरगञ्जबाट नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् ।



जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतको पश्चिमी चम्पारण बेतिया भावल पञ्चायत बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र नेपाली नागरिक बारा प्रसौनीका ४० वर्षीया हलिमा खातुन पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट एक हजार दरका १२३ थान नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट