इलाम २ को उपनिर्वाचनमा रास्वापले स्वीकार्‍यो हार-Sutra News

इलाम २ को उपनिर्वाचनमा रास्वापले स्वीकार्‍यो हार

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । इलाम २ मा सम्पन्न उपनिर्वाचनमा जमानत जफत भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हार स्वीकार गरेको छ । आज एक सूचना जारी गर्दै पार्टीले सही समयमा सचेत गराएको भन्दै हार स्वीकार गरेको हो ।



रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जारी गरेको सूचनामा मतदाताले घण्टी बजाइदिएर पार्टीलाई सचेत गराएको बताए । ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने छौँ, निर्वाचन परिणामले हाम्रा प्रयासमा कैयन् कमजोरी रहेको इंगित गरेको छ, सही समयमा घण्टी नबजाएर बजाइदिनु भएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ,’ सूचनामा भनिएको छ ।

यस्तै, पार्टीले इलाम २ का मतदाताप्रति आभार प्रकट गर्दै जनताको मतलाई सम्मान गर्ने जनाएको छ । इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले पाँच हजार मत पाएका थिए । उनले जमानत जोगाउन नसक्दा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट