इलाममा जमानतसमेत नजोगिएपछि रविले भने– जित्न सकिएन, सिक्न सकियो-Sutra News

इलाममा जमानतसमेत नजोगिएपछि रविले भने– जित्न सकिएन, सिक्न सकियो

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम–२ को उपनिर्वाचनमा भएको पराजयबारे बोलेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले पराजयबारे बोलेका हुन् ।



रास्वपाका उम्मेदवार मिलन लिम्बुले जमानतसमेत जोगाउन नसकेको सन्दर्भमा सभापति लामिछानेले ठूलो सन्देश प्राप्त भएको बताएका छन् । विजयी एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई भन्दै लामिछानेले आफूहरुलाई जनताले ठूलो सन्देश दिएको बताए ।

“इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङ जी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु, हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु”, सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन् ।

चुनावमा नजिते पनि धेरै कुरा सिक्न सकेको प्रतिक्रिया लामिछानेको छ । उनले अगाडि भनेका छन्, “जित्न सकिएन, सिक्न सकियो, त्यसैले कुनै यदि र तरको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ ।”

इलाम–२को उपनिर्वाचनमा रास्वपाका लिम्बुले कुल ६८ हजार ४७२ सदर मतको जम्मा ७.७३ प्रतिशत अर्थात् ५०५० मत पाएका छन् । न्यूनतम १० प्रतिशत मत नकटाएका लिम्बुको जमानत जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट