आज सुनको मूल्य कति पुग्यो ?-Sutra News

आज सुनको मूल्य कति पुग्यो ?

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबारको मूल्यमा नै सुनको कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला इक हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट