डम्बर खड्काको नियति : पहिले बाबुसँग हारे, अहिले छोरासँग-Sutra News

डम्बर खड्काको नियति : पहिले बाबुसँग हारे, अहिले छोरासँग

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । नेपाली कांग्रेसका डम्बर खड्काका लागि दुःखद संयोग नै मान्नुपर्छ, एकै ठाउँबाट दुई पटक उम्मेदवार बने तर, दुई पटक नै हारे । एक पटक बाबुसँग हारे, अर्कोपटक छोरासँग ।



२०७९ मा भएको निर्वाचनमा इलाम–२ बाट उम्मेदवार बनेका खड्का एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग हारे । उनी तत्कालीन समय निकै झिनो मतले अर्थात् ११४ मतले पराजित भएका थिए । 

तत्कालीन निर्वाचनमा सुवासले ३० हजार २० भोट ल्याउँदा खड्काले २९ हजार ९०६ भोट पाएका थिए ।

तर, सुवासको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन पुग्यो । वैशाख १५ मा भएको उपनिर्वाचनमा कांग्रेसबाट खड्का नै उम्मेदवार बने भने एमालेबाट दिवंगत सुवासका कान्छा छोरा सुहाङ नेम्वाङ उम्मेदवार बने । 

बिडम्बना नै भन्नुपर्छ, २०७९ को निर्वाचनमा निकै कम मतान्तरसहित बाबु सुवाससँग हारेका खड्का अहिले छोरा सुहाङसँग निकै फराकिलो मतान्तरसहित पराजित भएका छन् । मंगलबार सकिएको उपनिर्वाचनको मतगणनामा २७ हजार ७७२ मत ल्याउँदै सुहाङ विजयी हुँदा खड्काले जम्मा २१ हजार ९४२ मत पाएका छन् । 

नेम्वाङ र खड्काबीचको मतान्तर ५ हजार ८३० भोटको छ । 

तत्कालीन समय खड्का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेवार थिए । उपनिर्वाचनमा भने खड्का कांग्रेसको एकल उम्मेदवार बनेका थिए । अहिले तत्कालीन समय कांग्रेसलाई सघाएको माओवादी केन्द्रले अहिले सुहाङलाई सघाएको थियो । तथापि, खड्काले विजयी सुनिश्चित भएको बताउने गरेका थिए । 

तर, विडम्बना इतिहास दोहोरियो । थप आहतका साथ खड्का पराजित हुन पुगे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट