नयाँ वर्षको पहिलो कारोबार दिनमा नै घट्यो शेयर बजार-Sutra News

नयाँ वर्षको पहिलो कारोबार दिनमा नै घट्यो शेयर बजार

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन नै शेयर बजार घटेको छ । आइतबार २.३५ अंकले घट्दै शेयर बजार २०२३.३५ को बिन्दुमा झरेको छ ।



नेपाल स्टक एक्सचेन्जले जनाएअनुसार एकल अंकले घटेको बजारमा कारोबारमा आएका २४५ कम्पनीमध्ये १२७ कम्पनीको मूल्य घट्यो भने १०८ कम्पनीको मूल्य बढ्यो । यस दिन १० कम्पनीको मूल्य भने स्थिर रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन ७७ लाख ९५ हजार २३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब छ करोड ३७ लाख ७२ हजार रुपैयाँ भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन सर्वाधिक सानिमा मै हाइड्रोपावरको भएको छ । छ लाख ४० हजार ८७० कित्ता शेयर किनबेच हुँदा सानिमाको मात्रै कारोबार रकम २१ करोड ४७ लाख रुपैयाँको भएको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट