आज मेष र धनु राशीको दिन लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष र धनु राशीको दिन लाभलाभै, तपाईंको दिन कस्तो ?

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

आज मिति २०८१ साल वैशाख २ गते आइतबार । तदनुसार अप्रिल महिनाको १४ तारिख २०२४ । आज बिहान ५ः४० मिनेट जाँदा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ६ः२८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ राशिफलः



मेष

दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहने छ । आँटेको काम बन्नाले भौतिक सुविधा बढ्ने छ । साथीभाइको आगमनले काममा हौसला जाग्ने छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ ।

वृष

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । समयमा गम्भीर नबन्दा काममा पनि दुःख पाइने छ । स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला । अवसरवादीहरूबाट अलि सजग रहनु होला ।

मिथुन

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कर्कट

निर्णय लिएर पनि शंका गर्ने बानीले दुविधा उत्पन्न हुनेछ । घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ । नियमित काम सम्पादन हुनेछ । नयाँ काममा पनि आफन्तजनले साथ दिने छन् । प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ ।

सिंह

अवसर आए पनि परिस्थिति त्यति सहज नरहला । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अप्ठ्यारो पर्दा साथ दिने थोरै हुने छन् ।बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्ने छन् ।

कन्या

विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिने छ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ । नियमित काममा साबिक जस्तै फाइदा भइरहने छ ।

तुला

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । समयको महत्त्व ख्याल नगर्दा अवसर गुम्न सक्छ । भेटघाट र शिष्टाचारमा अलमलिनु पर्ला ।अध्ययनमा बाधा हुनेछ । खानपानको शोखले स्वास्थ्य प्रतिकूल बन्ने देखिन्छ ।

वृश्चिक

काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्नु होला । अवसरका लागि केही दौड धुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मियता बढ्ने छ ।

धनु

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउने छ । व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला ।अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्ने हुनाले सचेत रहनुहोला ।

मकर

अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला । पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवन शैलीमा सुधार ल्याउन सकिने छ ।

कुम्भ

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला ।विवादास्पद जिम्मेवारी बहन गर्नु पर्ला । कामको चाप बढ्नेछ भने शरीरमा पनि थकान महसुस हुनेछ । अवसर र व्यवधानका बीचबाट कर्म फल हात पार्न सफल भइने छ ।

मीन

दौड धुपमा समय बित्ने छ भने मिहिनेत गरी चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनु पर्नेछ । काम समयमा पूरा गर्न मुस्किल देखिछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनु पर्ला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट