एउटै जिल्लाबाट १७२ रोपनीमा लगाइएको अफिम खेती नष्ट-Sutra News

एउटै जिल्लाबाट १७२ रोपनीमा लगाइएको अफिम खेती नष्ट

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । रुकुम पश्चिमको विभिन्न ठाउँमा १७२ रोपनीमा लगाएको लागु औषध अफिम खेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना १७२ रोपनीमा लगाएको अफिम खेती नष्ट गरेको हो ।



जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका १७२ रोपनी जग्गामा लगाएको अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका १ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नं वडाको कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको हो ।

यस्तै सानीभेरी गाउँपालिका ३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका ८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका–३ दाङ भन्ने स्थानसहित वडा नं ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा १७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट