कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै-Sutra News

कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक बसेको छ ।



नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बिहानको बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नु पर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ ।

आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकाले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट