एमाले नेता महेश बस्नेतविरुद्ध भ्रूण हत्या र बलात्कारको जाहेरी दर्ता-Sutra News

एमाले नेता महेश बस्नेतविरुद्ध भ्रूण हत्या र बलात्कारको जाहेरी दर्ता

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । नेकपा एमाले नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार उनीविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।



नेकपा एमालेकी ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन् ।

पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप छ ।

पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौं महानगर १० बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि साढे २ महिनाअघि पनि भ्रूण हत्या गरेको आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले जाहेर गरेकी उजुरीमा उल्लेख गरिएको छ । भ्रूण हत्याको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ ।

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्‌मा उद्योग मन्त्री थिए । पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण संकलन गरिरहेको छ ।

जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजकसमेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ । प्रहरीले पीडितको दाबीलाई भेरिफाई गरिरहेको छ । पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट