गण्डकीका मुख्यमन्त्रीले लिए शपथ, दीपक मनाङे बने मन्त्री-Sutra News

गण्डकीका मुख्यमन्त्रीले लिए शपथ, दीपक मनाङे बने मन्त्री

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।



प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मुख्यमन्त्री अधिकारीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । उनी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे)लाई विना विभागीय मन्त्रीमा नियुक्त गरी शपथ गराएका छन् । मनाङे पाँचौँपटक मन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट