इलाम २ मा सुहाङलाई माओवादीपछि विप्लव पार्टीको समर्थन-Sutra News

इलाम २ मा सुहाङलाई माओवादीपछि विप्लव पार्टीको समर्थन

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्रपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको छ ।



शनिबार एक विज्ञप्ति जारी गर्दै एमालेसहित तीन दलको इलाम जिल्ला समितिले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई साथ दिने सहमतिसहित मत मागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएसँगै सुहाङलाई चुनाव जित्न सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट