जर्मनीलाई बोत्सवानाको धम्की- २० हजार हात्ती पठाइदिने-Sutra News

जर्मनीलाई बोत्सवानाको धम्की- २० हजार हात्ती पठाइदिने

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । बोत्स्वानाका राष्ट्रपति मोक्ग्वेत्सी मासिसीले जर्मनीलाई धम्की दिएका छन् । उनले २० हजार हात्ती पठाउने धम्की दिएका हुन् ।



उनले भनेका छन्, “जर्मनीका जनताले हात्तीसँग सँगै बस्ने अनुभव पनि गर्नु पर्छ, जसरी उनीहरूले हामीलाई सोधिरहेका छन्, हामी यो उपहार जर्मनीलाई दिन चाहन्छौँ र हामीले सुन्ने छैनौँ ।”

जर्मनीको वातावरण मन्त्रीले हात्ती संरक्षणको मुद्दा उठाएका थिए । यसका लागि बोत्स्वाना गएर हात्तीको शिकार गर्न र त्यसपछि आयात गर्न केही प्रतिबन्ध लगाउनु पर्ने उनको भनाइ थियो ।

यसको विरोध गर्दै बोत्सवानाका राष्ट्रपतिले जर्मनीलाई यस्तो धम्की दिएका हुन् । बीबीसीका अनुसार राष्ट्रपति मासिसीले भने, “संरक्षण प्रयासहरूको लागि धन्यवाद, बोत्सवानामा हात्तीको संख्या लगातार बढ्दै गएको छ, तिनीहरूले देशमा बाली नष्ट गर्दै छन्, मानिसहरू विशेष गरी साना बालबालिकालाई कुचिरहेका छन् र सम्पत्तिलाई नोक्सान गरिरहेका छन् ।”

हात्तीको शिकार गर्न शुल्क

संसारमा हात्तीको एक तिहाइ बोत्सवानामा छ । यहाँ एक लाख ३० हजारभन्दा बढी छ । यो भारतमा भएको हात्तीभन्दा चार गुणा बढी हो ।

जर्मनीका मानिसहरू हात्तीको शिकार गर्न बोत्सवानासहित अफ्रिकी देशहरूमा जान्छन् । यसका लागि यहाँका सरकारहरूले शिकारीबाट हजारौँ डलर शुल्क लिने गर्छन् ।

यो रकम हात्तीको संरक्षण र स्थानीय जनताको जीविकोपार्जनमा खर्च हुने गरेको छ । हात्तीको शिकार गरिसकेपछि विदेशीले उनीहरूको टाउको र छालालाई ट्रफीको रूपमा आफ्नो देशमा लैजान सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट