एलोन मस्कको कम्पनीले गर्‍यो २३ वटा भूउपग्रह प्रक्षेपण-Sutra News

एलोन मस्कको कम्पनीले गर्‍यो २३ वटा भूउपग्रह प्रक्षेपण

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । अमेरिकाको एलोन मस्कको स्पेस एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिंक भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।



स्पेस एक्सका अनुसार अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । कम्पनीले फाल्कन ९ नामक रकेटमार्फत् २३ वटा स्टारलिंक उपग्रह प्रक्षेपण गरेको जनाएको छ ।

स्टार लिंक भूउपग्रहले पृथ्वीका दुर्गम र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट