अज्ञात व्यक्ति बन्दुक लिएर शहरमा पसेपछि १५० घर खाली-Sutra News

अज्ञात व्यक्ति बन्दुक लिएर शहरमा पसेपछि १५० घर खाली

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । युरोपेली देश नेदरल्याण्ड्सको इडे सहरमा रहेको एक भवनमा शनिबार दर्जनौं मानिसलाई बन्धक बनाइएको छ ।



भारी हतियारसहित नेदरल्याण्ड्सको प्रहरीले एड्डे सहरलाई घेरा हालेको छ । प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार भवनमा कैयौं व्यक्तिलाई बन्धक बनाएको थियो ।

प्रहरी प्रवक्ता साइमन क्लोकले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई एड्डे सहरमा मानिसलाई बन्धक बनाइएको बताए । तर, उनले घटनामा कति जना संलग्न थिए भन्नेबारे थप जानकारी नआएको बताए ।

आक्रमणको जानकारी दिँदै नेदरल्यान्ड्स प्रहरीले हाल यसमा कुनै आतंककारी मनसायको कुनै संकेत नरहेको बताएको छ ।

यसअघि प्रहरी अधिकारीहरूले एड्डेको एउटा चोक नजिकैका १५० घर खाली गरेका थिए । प्रहरीले यस क्षेत्रमा मानिसलाई खतरामा पार्न सक्ने व्यक्ति रहेको बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट