दिलिपकुमारले अस्विकार गरेका सात फिल्मले जितेकाे थियाे ‘अस्कर अवार्ड’-Sutra News

दिलिपकुमारले अस्विकार गरेका सात फिल्मले जितेकाे थियाे ‘अस्कर अवार्ड’

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडाैं । बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मकालागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानुन अपना अपना, मशाल र दुनियाँ जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन्।



के तपाईँलाई थाहा छ दिलीपकुमारले ७ ओस्कर अवार्ड पाएको फिल्म अस्वीकार गरेका थिए । सन् १९६२ मा प्रख्यात निर्देशक डेभिड लीनले आफ्नो फिल्म ‘लरेन्स अफ अरेबिया’ मा प्रिन्स शेरिफ अलीको चरित्रका लागि भारतीय अनुहार खोजिरहेका थिए।

डेभिडले यस भूमिकाका लागि दिलीपकुमारलाई सम्पर्क गरेका थिए । तर, उनले यो फिल्ममा काम गर्न अस्वीकार गरे । दिलीप कुमारले यसको कारण भनेका थिए, ‘हिन्दी फिल्ममा जति भूमिका पाइरहेको छु, त्यही मापनमा भूमिकाको मूल्याङ्कन गरेका छन् । आफूलाई प्रमाणित गर्न वा सन्तुष्ट हुन हलिउडको आवश्यकता नरहेको महसुस गरेको छु।’

दिलीपकुमारले आफ्नो करियरमा कुनै पनि विदेशी फिल्ममा काम गरेनन् । तर, दिलीपकुमारले काम गर्न अस्वीकार गरेको फिल्म ३५ औँ ओस्कर अवार्डमा १० विधामा मनोनीत भएको थियो । जसमध्ये फिल्मले सात ओस्कार अवार्ड पाएको थियो ।

बलिउडमा दिलीप कुमारलाई ट्र्याजेडी किङ पनि भनिन्छ, यसको कारण हो उनका केही फिल्म । उनले आफ्नो करियरमा केही यस्ता फिल्म गरे जसका कारण उनको नाम ‘ट्र्याजेडी किङ’को रूपमा चिनिन थाल्यो । उनले धेरै फिल्ममा यस्ता भूमिका गरेका थिए, जसका कारण उनले यो नाम पाएका हुन् ।

उनको फिल्मका केही पात्र यस्ता थिए, जसका कारण उनी तनावमा परे र उनको उपचार पनि गराएको थियो । उनी अन्तिम पटक सन् १९९८ मा आएको फिल्म ‘किला’ मा देखिएका थिए । दिलीप कुमारलाई सन् १९९४ मा दादा साहेब फाल्के अवार्ड र २०१५ मा पद्म विभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट