अमेरिकाको पूर्व सूचनाबीच रुसको राजधानी मस्कोमा ‘आतंकवादी हमला’-Sutra News

अमेरिकाको पूर्व सूचनाबीच रुसको राजधानी मस्कोमा ‘आतंकवादी हमला’

शनिबार, १० चैत्र २०८०

शनिबार, १० चैत्र २०८०
FILES-UKRAINE-RUSSIA-CONFLICT-US-ARMS-PATRIOT

काठमाडौं । मार्च महिनाको सुरूमा रूसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारको अनुगमन गरिरहेको बताएको थियो ।



इस्लामी समूहद्वारा रूसका मस्को र अन्य ठूला शहर विगतमा पनि आक्रमणका निशाना बन्ने गरेका छन् र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्यबिनाका घटना पनि भएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले शुक्रबार भनेको छ, “संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रूसी अधिकारीलाई मस्कोमा ‘ठूला सभा’लाई लक्षित गरी ‘योजनाबद्ध आतंकवादी हमला’ हुन सक्ने सूचना दिएको थियो ।”

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङ्टनले यो जानकारी रूसी अधिकारीसँग साझा गरेको बताए । सन् २००२ मा चेचेन पृथकतावादी लडाकुले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए ।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो । सबै आक्रमणकारी बन्दूकधारीलाई आत्मसमर्पण गराउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट