सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते-Sutra News

सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । उत्तरी चीनमा दुतसेवाको सुरुङ मार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । घटनामा ३७ जना घाइते भएको सञ्चार माध्यमले जनाएको छ ।



मंगलबार दिउँसो २ः३० पछि दुर्घटना भएको सरकार नियन्त्रित प्रसारक सिसिटिभीले साङ्क्सी प्रान्तका स्थानीय अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेको संख्या पुष्टि गरेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

गत वर्षको फेब्रुअरीमा मध्य हुनान प्रान्तमा कुहिरो लागेको रातिमा एक सवारी साधन दुर्घटना भएपछि पछिबाट आएका दर्जनौँ गाडी उक्त गाडीसँग ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो । दर्जनौँ घाइते भएका थिए ।

त्यसको एक महिनाअघि पूर्वी जियाङ्सी प्रान्तमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट