सवारी दुर्घटना हुँदा चारको मृत्यु-Sutra News

सवारी दुर्घटना हुँदा चारको मृत्यु

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । भारतको उत्तरा खण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।



अधिकारीका अनुसार सोमबार पिथौरागढ जिल्ला नियन्त्रण कक्षले राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)लाई अँचोली क्षेत्रको अन्डोली नजिकै पिथौरागढ जिल्लामा गाडी दुर्घटनामा परेको जानकारी दिएको थियो ।

गाडीमा विवाह समारोहमा सहभागी भएर घर फर्किरहेका आठ जना सवार थिए । गाडीले नियन्त्रण गुमाई बाटोबाट दुई सय मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनाको सूचना पाएपछि एएसआई सुन्दर सिंह बोराको नेतृत्वमा एसडीआरएफ टोली दुर्घटना स्थलमा पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।

घटना स्थलमा एसडीआरएफ टोलीले स्थानीय प्रहरी र बासिन्दासँग समन्वय गरी मृतक चार जनाको शव जिल्ला प्रहरीलाई हस्तान्तरण गरेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट