ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु भएको आशंका-Sutra News

ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु भएको आशंका

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुई वटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशंका गरिएको उद्धारकर्ताले बुधबार जानकारी गराएका छन् ।



मंगलबार साँझ क्वेटाबाट ८० किलोमिटर पूर्वमा रहेको खोस्टको खानी क्षेत्रको निजी कोइला खानीमा ग्याँस विस्फोट भएको र १० जना जमिनबाट करिब आठ सय फिट गहिराइमा फसेका थिए ।

उद्धार टोलीले राति नै दुई वटा मृत शरीरलाई भग्नावशेषबाट निकालेको बलुचिस्तान प्रान्तस्थित उक्त खानीका प्रमुख निरीक्षक घानी बलोचले बताए । खानीमा बाँकी कामदार जीवित हुन सक्ने सम्भावना क्षीण रहेको तर वेपत्ता सबैको उद्धारको प्रयास भइरहेको उनले बताए ।

आफ्नो सहकर्मीलाई बचाउने प्रयास गर्ने आठ जनाको समूह पनि लामो समयसम्म फसेको र पछि सरकारी उद्धार टोलीले केहीलाई बेहोस अवस्था र अन्यलाई सकुशल सुरक्षित स्थानमा ल्याएको बताएका थिए ।

सरकारको खानी विभागका साथै विपद् व्यवस्थापन एजेन्सीका उद्धार टोलीहरू घटनास्थलमा छन् । खानीमा कार्बन मोनोअक्साइड ग्यासको सञ्चयले विस्फोट हुँदा खानी भासिएको बलोचले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट