दुई दिनपछि आईपीएल सुरु हुँदै, ब्राण्ड मूल्य नेपाल सरकारको बजेट बराबर-Sutra News

दुई दिनपछि आईपीएल सुरु हुँदै, ब्राण्ड मूल्य नेपाल सरकारको बजेट बराबर

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को १७ औँ सिजन दुई दिनपछि सुरु हुँदैछ । दुई महिनासम्म चल्ने प्रतियोगिताबाट बीसीसीआईले बम्पर कमाउने छ ।



विश्वका अन्य शीर्ष १० क्रिकेट लिगहरूको कमाईभन्दा आईपीएलको कमाई झण्डै चार बढी छ । पाकिस्तानले आफ्नो फ्रेञ्चाइज क्रिकेट लिग पीएसएलबाट एक सिजनमा प्रसारण अधिकारबाट जति कमाउँछ, त्यति नै आईपीएलले एक खेल देखाएर कमाउँछ ।

आईपीएलको ब्राण्ड मूल्य २०२३ मा ८८ हजार करोड भारू अर्थात १३ खर्ब ३६ अर्ब नेपाली रुपैयाँ अनुमान गरिएको छ । यो रकम नेपाल सरकारको बजेटभन्दा केही कम हो ।

ब्राण्ड मूल्य के हो ?

ब्राण्ड मूल्य भनेको लिगको सम्पूर्ण इकोसिस्टमको मूल्य हो । प्रतियोगिताको ब्राण्ड मूल्य यसको प्रसारण अधिकार, राजस्व, स्टेडियम उपस्थिति, प्रायोजक, शीर्षक अधिकार, टिभी र अनलाइन दर्शकहरू, खेलाडी मूल्य निर्धारण, टोली मूल्य निर्धारण र विज्ञापनद्वारा निर्धारण गरिन्छ ।

२०२३ मा आईपीएलको ब्राण्ड मूल्य करिब ११ अर्ब डलर अर्थात १३ खर्ब ३६ अर्ब हुनेछ । यसको मतलब, यदि कोही आईपीएलको मालिक बन्न चाहन्छ भने उसले बीसीसीआईलाई उक्त रकम तिर्नु पर्नेछ ।

आईपीएलका खेलाडीलाई १६ सय करोड तलब

आईपीएलमा खेलाडीको औसत तलब चार करोड रुपैयाँ छ । जुन शीर्ष क्रिकेट लिगको दोस्रो महँगो खेलाडीको मूल्य बराबर हो । आईपीएल टोलीसँग २५ खेलाडीको टोली बनाउन सय करोडको सीमा हुन्छ । १० टोलीले प्रतियोगिता खेल्छन् अर्थात २५० खेलाडीले एक हजार ६०० करोड पारिश्रमिक पाउने छन् ।

खेलाडीको तलबमा बीबीएल दोस्रो स्थानमा छ । यहाँ ८ टोलीले खेलाडीको तलबमा १२८ करोड खर्च गर्छन् । दक्षिण अफ्रिकाको एसए २० लिग औसत तलबमा दोस्रो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट