युवाको सहयोगसँगै गाउँका विपन्न परिवार पाए एम्बुलेन्स सेवा-Sutra News

युवाको सहयोगसँगै गाउँका विपन्न परिवार पाए एम्बुलेन्स सेवा

शनिबार, ५ फाल्गुन २०८०

शनिबार, ५ फाल्गुन २०८०

झापा । रोजगारीको सिलसिलामा हङकङ बस्दै आएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् ।



उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएका परिवारले २५ लाख ५० हजार संकलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिए । वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिने छ ।

नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचय पत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिने छ ।

एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दै आएका उर्लाबारी ९ का याम सेम्बुले एक्लैले पाँच लाख ३० हजार १७६ र अन्य दाताले थप रकम उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट