कोलेस्ट्रोलकाे समस्यामा खानुपर्दैन औषधि, यसरी गर्न सकिन्छ घरमै उपचार-Sutra News

कोलेस्ट्रोलकाे समस्यामा खानुपर्दैन औषधि, यसरी गर्न सकिन्छ घरमै उपचार

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

कोलेस्ट्रोल एक प्रकारको बोसो हो, जसले शरीरको लागि कोशिका र हर्मोन बनाउन काम गर्छ। तर, जब शरीरमा यसको स्तर बढ्न थाल्छ तब भने धेरै स्वास्थ्य समस्याहरु आउन थाल्छन् । शरीरमा कोलेस्ट्रोलको सुरक्षित स्तर उमेरअनुसार फरक-फरक हुन्छ।



कोलेस्ट्रोलको स्तर बढ्नु तपाइँको खराब जीवनशैलीको परिणाम हो। जसलाई धेरैले औषधि सेवन गरेर सन्तुलनमा राख्छन् ।

तर, सधैँ औषधि सेवन गर्ने साेंच राख्नु भने राम्राे हाेइन । यस्तो अवस्थामा प्रारम्भमा प्राकृतिक विधिको सहायताले नियन्त्रण गर्ने प्रयास गर्नु राम्रो हुन्छ ।

यहाँ केही घरेलु उपायबारे चर्चा गरिएकाे छ, जसले तपाइँकाे कोलेस्ट्रोललाई सन्तुलनमा राख्न सहयाेग गर्नेछ ।

करीकाे पात

शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउन करी पात निकै प्रभावकारी हुन्छ । यो यसमा पाइने एन्टिअक्सिडेन्टका कारण हो, जुन राम्रो कोलेस्ट्रोल बढाउनको लागि आवश्यक हुन्छ।

करी पातको फाइदाहरू प्राप्त गर्न, तपाईं दैनिक खाना पकाउन ८ देखि १० पातहरू प्रयोग गर्न सक्नुहुन्छ। यसको जुस तयार गरी पिउन पनि सकिन्छ । तर, यसअघि आफ्नो स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्।

धनिया पात

धनियाको पात हरेक घरमा खाना पकाउन प्रयोग गरिन्छ। तर, धेरैलाई थाहा छैन कि खानाको स्वाद बढाउनुको साथसाथै यो स्वास्थ्य सुधार गर्न पनि निकै फाइदाजनक हुन्छ । यसको नियमित सेवनले उच्च कोलेस्ट्रोलको समस्याबाट छुटकारा पाउन सकिन्छ । विज्ञहरू सबैभन्दा राम्राे उपायकाे रूपमा धनियाको पातलाई सलादमा हालेर वा चटनी बनाएर खान सुझाउँछन् ।

जामुनको पात

यदि तपाई कोलेस्ट्रोल घटाउने घरेलु उपाय खोज्दै हुनुहुन्छ भने जामुनको पात तपाईको लागि उत्तम विकल्प हो। वास्तवमा, यसमा एन्टिअक्सिडेन्ट र एन्थोसायनिन जस्ता गुणहरू हुन्छन्, जसले शिराहरूमा जम्मा भएको बोसोलाई कम गर्ने काम गर्छ। जामुनको पातलाई पाउडरको रुपमा सेवन गर्न सकिन्छ । वा तपाईं यसको चिया वा डेकोक्शन बनाउन सक्नुहुन्छ र यसलाई दिनमा एक/दुइ पटक पिउन सक्नुहुन्छ।

मेथीकाे पात

अध्ययनमा मेथीको पातमा रहेको औषधिय गुण शरीरमा जम्मा हुने खराब कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्वस्थ स्तरसँग सम्बन्धित रहेको पाइएको छ । यस्तो अवस्थामा तपाइँले उच्च कोलेस्ट्रोललाई सामान्य बनाउन मेथीको पातको सेवन गर्न सक्नुहुन्छ। मेथीको पातलाई सामान्य तरकारीको रुपमा खान सकिन्छ ।

तुलसीकाे पात

तुलसीको पात कोलेस्ट्रोलको स्तरलाई सामान्य बनाउन निकै फाइदाजनक छ । वास्तवमा, यसमा पाइने गुणहरूले मेटाबोलिक तनाव कम गर्ने काम गर्छ, जसले शरीरको तौल र कोलेस्ट्रोललाई कायम राख्छ। विज्ञहरूका अनुसार हरेक बिहान खाली पेटमा तुलसीको पात हालेकाे पानी सेवन गर्दा निकै फाइदा मिल्नेछ ।

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि विज्ञहरूकाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट