उच्च रक्तचापबाट जाेगिन चाहानुहुन्छ भने यी खानेकुराबाट बच्नुहोस्-Sutra News

उच्च रक्तचापबाट जाेगिन चाहानुहुन्छ भने यी खानेकुराबाट बच्नुहोस्

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

अव्यवस्थित खानपान र जीवनशैलीले धेरै मानिसहरू उच्च रक्तचापजस्ता समस्याबाट पीडित छ ।



यहाँ विशेषतः उच्च रक्तचाप बढाउने खानेकुरा के हुन् ? उच्च रक्तचापकाे समस्या हल गर्न के गर्ने भन्ने सन्दर्भमा चर्चा गरिएकाे छ ।

यस्ता खानेकुराले बढाउँछ उच्च रक्तचाप

रक्तचापका बिरामीहरूलाई नुनको सेवन कम गर्न सल्लाह दिइन्छ। मानिसहरूले खाने केहि खानेकुराहरू छन्, जसमा सोडियमको मात्रा उच्च छ । यिनीहरुको सेवन गर्दा रक्तचाप निकै बढ्छ । यस्तो अवस्थामा यी खानेकुरा खानबाट बच्नुपर्छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार जुनसुकै सुपजन्य खानेकुरामा नुनको प्रयोग गरिन्छ । त्यस्ता कुरामा कहिलेकाहीँ नुनको मात्रा अत्यधिक हुन्छ। यस्तो अवस्थामा सुप पिउनाले शरीरमा सोडियमको मात्रा निकै बढ्छ । शरीरमा सोडियमको मात्रा बढ्दा रक्तचापको समस्या हुन सक्छ । जसका कारण हृदयाघात र ब्रेन स्ट्रोकको जोखिम धेरै गुना बढ्छ ।

डब्ल्यूएचओका अनुसार एक दिनमा ५ ग्रामभन्दा बढी नुन खानु हुँदैन । नुनमा सोडियम हुन्छ, जसले रक्तचाप बढाउँछ। चिकित्सकका अनुसार चिज क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो तर यसमा पनि धेरै नुन पनि पाइन्छ ।

११३ ग्राम चिजमा ३५० मिलीग्राम सोडियम पाइन्छ। यदि तपाइँ ड्राई चिज खानुहुन्छ भने जोखिम कम हुन्छ। औसतमा, पिज्जाको १४० ग्राम टुक्रामा ७६५ मिलीग्राम सोडियम पाइन्छ, जसको उपभोग शरीरको लागि खतरनाक हुनसक्छ।

यस्तै, सुकेको मासुमा प्रोटिन प्रचुर मात्रामा हुन्छ तर, यसलाई जोगाउन र स्वाद बढाउन ठूलो मात्रामा नुन थपिन्छ । २८ ग्रामको मासु जर्कीमा ६२० मिलिग्राम सोडियम हुन्छ। सुकेको मासुको नियमित सेवनले शरीरमा सोडियमको मात्रा बढाउँछ । त्यसैले यसलाई खानबाट जोगिनुपर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट