कम उज्यालोमा अध्ययन वा काम गर्नु कति उपयुक्त ?-Sutra News

कम उज्यालोमा अध्ययन वा काम गर्नु कति उपयुक्त ?

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०

काठमाडौं । कम उज्यालो प्रकाशको प्रवृत्ति द्रुत गतिमा बढिरहेको छ । सार्वजनिक स्थान होस् वा निजी क्षेत्र जहाँतही मन्द रातो, निलो वा हरियो बत्ती जताततै प्राथमिकतामा परेको हुन्छ ।



कम उज्यालोमा काम गर्नु कति हानिकारक हुन्छ ? यो सुन्दा हामीलाई अच्चम लाग्छ । हानिकारकको बाबजुद बार, रेस्टुरेन्ट र होटलमा मधुरो बत्ती जडान गरिएको पाइन्छ । पछिल्लो समय मानिसहरूले घरमा पनि कम उज्यालो दिने बत्ती जडान गर्न रुचाउँछन् ।

कम उज्यालो बत्तीले शान्त र रमाइलो वातावरण दिन्छ । जुन आँखाका लागि सहज हुन्छ, तर कम उज्यालोमा काम गर्नु वा पढ्नेु भने स्वास्थ्यमा धेरै समस्या निम्त्याउन सक्छ ।

कम प्रकाशमा लामो समयसम्म काम गर्दा आँखामा दबाब पर्ने विज्ञहरूको भनाइ छ । जसका कारण आँखाका मांसपेशीहरू थकित हुन्छन् ।

यसले आँखा जल्ने, सुख्खा महसुस हुने र दृष्टि धमिलो हुने जस्ता समस्या निम्त्याउन सक्छ । दीर्घ कालीन प्रभावहरूमा आँखाको तनाव, मोतियाबिन्दु र अन्य गम्भीर रोगहरू लाग्न सक्छ ।

यी असर पर्छ

कम प्रकाशले मानिसलाई नकारात्मक असर पार्न सक्छ । यसले चिन्ता र भावनात्मक गिरावट निम्त्याउन सक्छ । पर्याप्त प्रकाशले हाम्रो शरीरलाई जगाउन मात्रै मद्दत गर्दैन । समग्र मानसिक स्वास्थ्यलाई सुधार गर्छ ।

कम उज्यालोमा काम गर्दा पनि निद्राको चक्रमा बाधा पुग्न सक्छ । प्राकृतिक प्रकाशले हाम्रो शरीरको चक्रलाई सन्तुलनमा राख्न मद्दत गर्छ । र, यसको कमीले निद्राको समस्या निम्त्याउन सक्छ ।

विज्ञहरूले पनि काम गर्ने ठाउँमा उचित प्रकाशको व्यवस्था गर्न सुझाव दिन्छन् । यदि, तपाईं राति काम गर्नु हुन्छ भने आँखामा धेरै तनाव नदिने बत्तीहरू प्रयोग गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट