१५ महिना अगाबै किन निगमबाट बाहिरिए थानी ?-Sutra News

१५ महिना अगाबै किन निगमबाट बाहिरिए थानी ?

मंगलबार, २६ मंसिर २०८०

मंगलबार, २६ मंसिर २०८०

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।



उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरेका छन् । ‘उहाँले राजीनामा बुझाएर जानुभएको छ,’ सञ्चारमाध्यमसँगकाे कुराकानीमा रिजालले भनेका छन्, ‘२७ मंसिरबाट लागू हुनेगरी राजीनामा बुझाउनुभएको छ ।’

थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताएका छन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए। तर, उनी कार्यकाल सकिनु १५ महिना अगाबै जिम्मेवारीबाट बाहिरिएका छन् ।

थानी कांग्रेसनिकट मानिन्छन् । उनकाे राजीनामालाई मन्त्रीसँगकाे टाेसलाेकाे रूपमा कतिपयले अर्थ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट