दया र मिरुनाको अर्को फिल्म आउँदै, फेरि १०० दिन मनाउँला ?-Sutra News

दया र मिरुनाको अर्को फिल्म आउँदै, फेरि १०० दिन मनाउँला ?

आइतबार, २८ साउन २०८०

आइतबार, २८ साउन २०८०

चलचित्र ‘कबड्डी ४’ र ‘जारी’को सफलतापछि दयाहाङ र मिरुना मगरको जोडी अर्को फिल्म आउने भएको छ ।



अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘घर ज्वाइँ’को मुख्य भूमिकामा दयाहाङ र मिरुना अनुबन्धित भएका हुन् । आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा दया र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचाको पनि अभिनय रहनेछ ।

‘नाङ्गो गाउँ’मा काम गरिसकेका दया र मिरुना भदौबाट ‘रंङ्गेली ग्याङस्टार’मा पनि काम गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट