मुख्यमन्त्रीमा थापा नियुक्त-Sutra News

मुख्यमन्त्रीमा थापा नियुक्त

मंगलबार, १६ साउन २०८०

मंगलबार, १६ साउन २०८०

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गरेका छन् ।



नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान १०:३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट