अर्बपति सेलिब्रेटीको बीभत्स हत्या -Sutra News

अर्बपति सेलिब्रेटीको बीभत्स हत्या 

शनिबार, १३ साउन २०८०

शनिबार, १३ साउन २०८०

विगत केही दिनदेखि बेपत्ता सामाजिक सञ्जालका प्रभावशाली तथा अर्बपति क्रिप्टो व्यापारी फर्नान्डो पेरेज अलागाबाको शव फेला परेको छ ।



अलागाबाको शव नाली नजिकै रातो रंगको सुटकेसबाट फेला परेको थियो । अलागाबाको शव धेरै टुक्रामा काटिएको थियो, जसलाई प्रहरीले बरामद गरेको छ। मिडिया रिपोर्टका अनुसार अलागाबा केही दिनअघि आफ्नो देश अर्जेन्टिना आएका थिए र राजधानी ब्यूनस आयर्समा बस्दै आएका थिए ।

अलागाबा जुलाई १९ मा बेपत्ता भएका थिए । बुधबार केही बालबालिका खेल्दै गर्दा नाली नजिकै रातो रङको सुटकेस देखे । बच्चाहरूले खोल्दा शरीरका धेरै अंगहरू थिए । बालबालिकाका अभिभावकले यसबारे प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थलमा पुगेर सुटकेस खोलेर अलागाबाको शरीरका अङ्गहरू बरामद गरेको थियो । प्रहरीले सुटकेसमा अलागाबाको खुट्टा र हात फेला पारेको थियो। र एक छेउ नालीबाट बरामद भएको थियो।

मिडिया रिपोर्टका अनुसार सामाजिक सञ्जाल सेलिब्रेटी अलागाबालाई उनको शव टुक्रा टुक्रा पार्नु अघि गोली हानी हत्या गरिएको थियो । औँठाको छाप र शरीरमा ट्याटुको सहायताले अलागाबाको शव पहिचान गरेको प्रहरीले जनाएको छ ।

अलागाबाले सामाजिक सञ्जालमा आफ्नो विलासी जीवनको झलक पनि देखाउने गर्थे, जहाँ उनलाई फलो गर्नेको संख्या १० लाखभन्दा बढी थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट