ललिता निवास प्रकरण : थप २ सहित हालसम्म १९ जना पक्राउ-Sutra News

ललिता निवास प्रकरण : थप २ सहित हालसम्म १९ जना पक्राउ

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

ललिता निवास प्रकरणमा सोमबार थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन् ।



उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको आचार्यले बताए ।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन् । ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिको नाममा गएको देखिएको छ । सरकारी जग्गा हडपेको पाइएपछि प्रहरीले पुन: अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट