युवा बेचेको भन्दै मध्यरातमा प्रचण्ड, देउवा र ओलीमाथि खनिए बालेन-Sutra News

युवा बेचेको भन्दै मध्यरातमा प्रचण्ड, देउवा र ओलीमाथि खनिए बालेन

मंगलबार, ९ जेष्ठ २०८०

मंगलबार, ९ जेष्ठ २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशले युवा बेचिरहेको बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत बालेनले युवाहरू विदेशिरहेकोप्रति लक्षित गरेर देशले युवा बेचिरहेको बताएका हन् ।



उनले शीर्ष राजनीतिक दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नै उल्लेख गरेर उनीहरूले संसारकै विद्वान् भएको देशको इतिहास लेखिरहेको बताएका छन् ।

‘देश युवा बेच्दै छ, युवा, देश बलेको आगो सेक्दै छ, हामी ताप्दैछौँ, ओली, प्रचण्ड, देउवा, संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन् । र, हामी चेत्दैनौँ,’ उनले भनेका छन् ।

​बालेनले सामाजिक सञ्जालमार्फत बेला बेला समसामयिक विषयमा विचार व्यक्त गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट