कांग्रेसलाई लक्षित ओलीको कडा व्यंग्य – ‘फउल खेले खेलकुदमा जस्तै राजनीतिमा पनि सिधै आउट’ (भिडियोसहित)-Sutra News

कांग्रेसलाई लक्षित ओलीको कडा व्यंग्य – ‘फउल खेले खेलकुदमा जस्तै राजनीतिमा पनि सिधै आउट’ (भिडियोसहित)

आइतबार, १७ पौस २०७९

आइतबार, १७ पौस २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै उनले खेलमा फउल खेल्ने आउट हुने र गोल हान्नेले जित हासिल गर्ने भन्दै राजनीतिमा पनि फउल खेल्न नहुने बताए ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन भत्काएर एमालेसँग मिलेर प्रधानमन्त्री बनेको प्रशंगलाई जोड्दै ओलीले फउल खेलेमा खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताए ।

उनले भने ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ ।’ आफुहरुले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने निर्णयले सबैभन्दा ठूलो दल कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट