रवि ओडको ‘यही कुरा साँचो हो’ मा खुस्बु र प्रिन्सको माया प्रेमका कुरा-Sutra News

रवि ओडको ‘यही कुरा साँचो हो’ मा खुस्बु र प्रिन्सको माया प्रेमका कुरा

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

काठमाडौँ। नेपाल आइडल दोस्रो संस्करणका विजेता तथा गायक रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रवी र अस्मिता परियारको सुमधुर स्वर रहेको ‘यही कुरा साँचो हो’ बोलको गीतको म्युजिक भिडियो बिहिबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।



सार्वजनिक भिडियोमा खुस्बु र प्रिन्स विश्वकर्माको धमाकेदार अभिनय रहेको छ । भिडियोमा दुई जनाको प्रेम भावलाई देखाइएको छ । गीतमा माधव तिम्सिनाको शब्द र संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ।

यस्तै भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ भने कोरियोग्राफी राजीव समरले, सम्पादन टेकेन्द्र शाह र निर्देशन दशरथ सुनारले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट