Logo

चुनावमा प्रचण्ड–बिना मगरः ससुरा तीन गुणा मतले अगाडि, बुहारी दुई गुणाले पछाडि



काठमाडौं– प्रतिनिधि सभा निर्वाचन २०७९ मा रोचक परिदृश्यहरू देखा पर्न थालेका छन्। मत गणना जारी रहँदा ५ दलसँग गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको माओवादीलाई धक्का लाग्ने निश्चित भएको छ। तर यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने निर्वाचनमा बलियो जित निकाल्ने मतपरिणामको संकेत छ।

गोरखा–२ बाट निर्वाचन लडेका उनले हालसम्म १७ हजार ७५३ मत ल्याएका छन्। यो उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा तीन गुणाले बढि हो। रास्वपाका कविन्द्र बुर्लाकोटीले ५ हजार ९६७ मत मात्र ल्याएर प्रचण्डलाई लोसे पाराले पछ्याइरहेका छन्।

तर ०७४ को निर्वाचनपछि राजनीनिको इपिसेन्टर बनेको खुमलटारका सदस्यलाई भने धक्का लाग्ने निश्चित छ। प्रचण्डकी बुहारी तथा पूर्वमन्त्री बिना मगर गठबन्धन गरेर नै मैदानमा रहे पनि प्रतिस्पर्धीभन्दा २ गुणाले पछाडि परेकी छन्।

०७४ मा बाम गठबन्धन हुँदा दोब्बर मतले विजयी भएकी मगर कञ्चनपुर–१ मा एमाले उम्मेदवार तारा लामा तामाङसँग दोब्बर मतले पछाडि परेकी हुन्। १५ हजार ७६३ मत गणना हुँदा एमालेका तामाङले ८०६८ मत पाएका छन्। माओवादीकी मगरको ४३६२ मत छ।

अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन्। बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए।

अघिल्लो पटक निर्वाचन जितेपछि मगर खानेपानी मन्त्री बनेकी थिइन्। परिवारका सदस्यलाई मात्र हेरेको भनी प्रचण्डको आलोचना भएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १२:४०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट