मलाई जिताउनुहोस्, जनताको भावनामाथि कहिले कुठराघात गर्दिनँ- विश्वप्रकाश शर्मा-Sutra News

मलाई जिताउनुहोस्, जनताको भावनामाथि कहिले कुठराघात गर्दिनँ- विश्वप्रकाश शर्मा

मंगलबार, २२ कार्तिक २०७९

मंगलबार, २२ कार्तिक २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताउनुभएको छ । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका उहाँले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताउनुभएको हो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए ।



“मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।”

चुनावी अभियानकै क्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्न पाउँदा गठबन्धनलाई थप ऊर्जासँगै सफलता मिलेको उल्लेख गर्नुभयो । “झापा क्षेत्र नम्बर १ का समग्र जनताको भावनामाथि कहिले कुठराघात गर्दिनँ”, उहाँले भन्नुभयो, “यहाँको विकासका लागि जहिल्यै प्रतिबद्ध छु÷ रहनेछु ।”

झापा क्षेत्र नम्बर १ लोकतान्त्रिक–वाम गठबन्धनले घरदैलो अभियानलाई तीव्र पारेको छ । झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभामा गोपाल तामाङ र श्यामविर लिम्बू चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट