प्रचण्डविरुद्ध मत माग्दा गण्डकी प्रदेशका उर्जामन्त्री आचार्य बर्खास्त-Sutra News

प्रचण्डविरुद्ध मत माग्दा गण्डकी प्रदेशका उर्जामन्त्री आचार्य बर्खास्त

मंगलबार, २२ कार्तिक २०७९

मंगलबार, २२ कार्तिक २०७९

काठमाडौं– गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र लेखेका छन्।



गोरखा–२ मा प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेका कारण उनलाई बर्खास्त गर्न पत्राचार भएको हो।

आचार्य डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा छन्। उनी गोरखा–२ कबाट निर्वाचनमा उम्मेदवारको दाबी गरिरहेका थिए तर प्रचण्डका कारण पाएका थिएनन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डले मन्त्री आचार्यलाई बर्खास्त गर्न मुख्यमन्त्री पोखरेललाई निर्देशन दिनका लागि भनेका थिए। सोहीअनुसार मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पत्र पठाएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट