सिसिटिभी फुटेज डिलेट, कानुनले के भन्छ ?-Sutra News

सिसिटिभी फुटेज डिलेट, कानुनले के भन्छ ?

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

काठमाडौँ । अर्थ मन्त्रालयले विधानविपरित आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ ।



उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गरेका थिए ।

तर सिसिटिभी जडानको कार्यविधिलाई हेर्ने हो भने जडान गरेको ३ महिनासम्म सुरक्षित राख्नुपर्ने हुन्छ ।

कार्यविधिमा सीसीटीभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ । तर अर्थ मन्त्रालयले १३ तीनभन्दा बढीको सीसीटीभी फुटेज नरहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट