सङ्गीतकार बजगाईंले अनाथ बालबालिकासँग मनाए जन्मदिन-Sutra News

सङ्गीतकार बजगाईंले अनाथ बालबालिकासँग मनाए जन्मदिन

बुधबार, १६ चैत्र २०७८

बुधबार, १६ चैत्र २०७८

सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले सञ्चालन गर्दै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले जन्मदिन मनाएका हुन् ।



बजगाईंले आश्रममा रहेका १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री प्रदान गरेका थिए । उनले केक काटेर आश्रममा रहेका अनाथ बालबालिकाहरूसँग रमाइलो गर्दै खानासमेत खुवाएका थिए ।

बजगाईंको जन्मदिन मनाउन आश्रम पुगेका गायक तथा सङ्गीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरूको स्कुल शुल्कको लागि भनेर पाँच हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट