विवादमा आएपछि पल शाहले भने- ‘त्यो अडियो मेरो होइन’-Sutra News

विवादमा आएपछि पल शाहले भने- ‘त्यो अडियो मेरो होइन’

मंगलबार, १० फाल्गुन २०७८

मंगलबार, १० फाल्गुन २०७८

काठमाडौँ । केही दिनअगाडी विभिन्न मिडियाहरुले नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको सम्बन्धलाई लिएर विभिन्न समाचारहरु बनाएपछि पल शाहले त्यसको स्पष्टिकरण दिएका छन् । \



उनले आज मंगलबार सामाजीक संजालमार्फत स्पष्टिकरण दिएका हुन् ।

हिजो मात्र शाह र अधिकारीबीच भएको कुराकानिको अडियो बिभिन्न मिडियामा सार्वजनिक भएको थियो । तर, शाहले आज स्पष्टीकरण दिदैँ उक्त अडियो आफ्नो भएकोमा अशंका व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ ।’

हेर्नुहोस् उनको स्टाटस:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट