नारायणगढ-मुग्लिन सडक खण्डमा स्कार्पियो दुर्घटना, ७ घाइते-Sutra News

नारायणगढ-मुग्लिन सडक खण्डमा स्कार्पियो दुर्घटना, ७ घाइते

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका- ६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।



तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०/६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट