एमसीसीमा सहयोग माग्न देउवाको बालकोट यात्रा: के उनी गठबन्धन धरापमा भएको हेर्न चाहन्छन् ?-Sutra News

एमसीसीमा सहयोग माग्न देउवाको बालकोट यात्रा: के उनी गठबन्धन धरापमा भएको हेर्न चाहन्छन् ?

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै सत्ताबाट बाहिरिएका एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोली झन् तनावमा देखिएका छन् ।



तनावको मुख्य कारण हो चुनाव, त्यसमा पनि अहिले राष्ट्रियसभाको चुनाव आउंदैछ । चुनावमा गठबन्धनसंग एमाले एक्लै लड्ने भएको छ । राष्ट्रियसभाको चुनावमा एमाले नराम्रोसंग पछारिने आंकलन नेताहरुले गर्दै आएका छन् ।

अहिलेको चुनावमा एमाले पछि गए आगामी तीन तहको निर्वाचनमा पनि एमाले राम्रोसंग उठ्न नसक्ने राजनीतिज्ञहरु बताउँछन् ।

चुनावलाई नै मध्यनजर गर्दै ओली पांच दलीय सत्ता गठबन्धन भत्काउने तयारीमा लागेको बुझिएको छ । ओलीले एमसीसीलाई मुख्य हतियार बनाएर पाँच दलीय गठबन्धन भत्काउने रणनीतिमा लागेका हुन् । यता नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टी एमसीसीको पक्षमा उभिन सकेका छैनन् ।

हिजो शनिबार ओली र देउवाबीच बालकोटमा भेटवार्ता भएको थियो भेटमा ओलीले देउवाले गठबन्धन भत्काए आफूले एमसीसीमा आफूहरुले सहयोग गर्ने संकेत देखाएका थिए ।

ओलीले एमसीसीको विषयमा बोल्दै बहुमत भएकाले आँफै पास गर्न देउवालाई सुझावसमेत दिएका छन् । तकाअनुसार ओलीले देउवालाई एमसीसी पास गराउन एमालेको सहयोग अनिवार्य हो भने पाँच दलीय गठबन्धन तोडेर आउन पनि सुझाव दिएका थिए ।

ओलीले एमसीसीमा आफूहरुले देउवालाई सहयोग गर्नुपर्ने हो भने देउवा पांच दलीय गठबन्धन भत्काउन सुझाव दिएकोसमेत स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्नुपर्ने मनस्थितिमा रहेका छन् ।

तर पाँच दलीय गठबन्धनका अन्य नेताहरु भने एमासीसी पास गर्न नहुने पक्षमा रहेका छन् ।

एमसीसीको कारण गठबन्धन धरापमा पर्छ भन्ने कुरा देउवालाई राम्रोसंग थाहा छ ।

आफूलाई यो थाहा हुँदाहुँदै पनि एमसीसी पारित गर्न देउवाको दौडलाई अध्ययन गर्ने हो भने उनी गठबन्धन धरापमा राख्न पनि तयार भएको प्रष्टै देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट