यी चार राशी भएका व्यक्तिहरू सर्वाधिक सफल हुने ज्योतिशास्त्रको दाबी-Sutra News

यी चार राशी भएका व्यक्तिहरू सर्वाधिक सफल हुने ज्योतिशास्त्रको दाबी

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

ज्योतिष शास्त्रमा व्यक्तिका विभिन्न कालखण्डको अवस्था, धन, लाभ, हानी अदीबारे व्याख्या गरिएको पाइन्छ । मानिसको ग्रह दशा र भाग भोग उसको जन्ममिति, स्थान र समयका आधारमा तयार हुने ज्योतिषशास्त्रमा बताइएको छ ।



ज्योतिष शास्त्रले व्यक्तिको उत्तम समय, खराव समय त्यसबाट बच्न प्रयोग गर्ने विधि र तरिका बारेपनि व्याख्या गरेको हुन्छ ।

ज्योतिषमा राशि अनुसार मानिसले धन सम्पत्ति आदी कमाउन योग्य हुन्छ । ज्योतिष अनुसार कुनै राशीका मानिसलाई धन बढी मात्रामा फाप्छ भने कुनै राशी भएकालाई विद्या आदी ।

यी चार राशि भएका मासिन मिहेनतमा विश्वास राख्छन् । त्यस्तै उनीहरुलाई धन आर्जन कसरी हुन्छ भन्ने पनि जानकारी हुन्छ ।

वृष राशि
यस सूचीमा सवैभन्दा पहिलो नाम छ वृष राशिको भएका मानिसको । जो शुक्र ग्रहको प्रभावमा हुन्छन् । शुक्र ग्रह धन, विलासिता तथा रोमान्सको सूचक हो । तसर्थ जसको वृष राशि रहेको छ उनीहरु विलासी तथा धनवान हुने छन् भने धन कमाउने अवसरको खोजी गर्ने खालका हुने गरेका छन् ।

वृश्चिक राशि

दोस्रोमा वृश्चिक राशि रहेको छ । यो राशि हुनेहरु भौतिक वस्तुसँग बढी प्रेम गर्ने खालका हुन्छन् । गाडी, ठूलो घर, धेरै फैलिएको सम्पत्ति । यी सवै चिजले यो राशि भएकालाई आकर्षित गर्छ । आकर्षित मात्र गर्ने होइन कि यस्ता चिज पाउनका लागि यि राशि भएका मानिसहरु लागि पर्छन् र हासिल गरिछाड्छन् ।

कर्कट राशि

तेस्रो राशि कर्कट हो जो अवसरको तलासमा रहने गर्छन् । यी भावुक हुन्छन् र आफ्नो परिवारसँग नजिकको सम्बन्ध बनाउँछन् । यि राशिभएका हरुको उदेश्य आफ्नो परिवारका सदस्यलाई हरसमय खुसीमा राख्नु हुनेछ । यस मानसिकता र स्वभावका कारण यिनिहरु हरेक क्षण मिहेनत गर्छन् । यी राशि भएकाहरु मिहेनति हुन्छन् र त्यसको फल राम्रो नै निस्कन्छ । जसका कारण यी धनवान हुन्छन् ।

सिंह राशि

यो राशी भएकाहरु भीडमा आफ्ना पहिचान बनाउनका लागि लागि पर्छन् । उनीहरु आफ्नो पहिचान अरुको भन्दा फरक बनाउँन खोज्छन् । उनीहरुको उदेश्य अरुले याद गरुन् भन्ने खालको हुन्छन् । यी राशि भएका मानिसहरु महंगो खालको मोबाइल बोक्ने खालका गाडी मा घुम्ने खालका हुन्छन् जसका कारण अरु मानिसले उनीहरुलाई नोटिश गरुन् । जसका लागि धनको आवश्यकता त पर्छनै । यो राशि भएकाहरु पनि आर्थिक रुपमा सवल हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट