माधव नेपाल उपस्थित भए एमाले सर्वदलीय बैठकमा नझुल्किने-Sutra News

माधव नेपाल उपस्थित भए एमाले सर्वदलीय बैठकमा नझुल्किने

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ।



नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे सर्वदलीय बैठक डाकेका छन्।

यसअघि शुक्रबार सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट