उपसभापतिको मतगणना- धनराज गुरुङ र पूर्णबहादुर खड्का सुरुवाती अग्रता, कसको कति मत ?-Sutra News

उपसभापतिको मतगणना- धनराज गुरुङ र पूर्णबहादुर खड्का सुरुवाती अग्रता, कसको कति मत ?

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।



३ सयभन्दा बढी मत गणना हुँदा विजयकुमार गच्छदारले १२२ र पूर्णबहादुर खड्काले १२८ मत पाएका छन् उनीहरु सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारीले ९५,  धनराज गुरुङले १३१ मत पाएका छन् । प्रकाशमान सिंह समूहकी सुजाता कोइरालाले  ३६ मत पाउँदा स्वतन्त्र उठेका महेश आचार्यले २५ पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट